इंन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौंथो जित

| २०८० चैत २४ गते २३: ३३ मा प्रकाशित

काठमाडौँ । इंन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौंथो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै राजस्थानका ओपनर जोस बटलरले शतक बनउँदै अविजित रहे । ५८ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्