रोहितको अर्धशतमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

| २०८० चैत २५ गते १५: ०० मा प्रकाशित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार भारतको वापीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्