चुनाव गरिबहरुका लागि कालो दिन हो भने भ्रष्टाचार दलालहरुका लागि महान पर्व हो

| २०७९ मंसिर १ गते २१: ०३ मा प्रकाशित

चुनावी माहोल को रोनक ले यतिबेला सिङ्गै देश सगै अर्घाखाँचीमा पनि निकै रोचक बनेको छ। सबै राजनीति दलहरूले आफ्नो बल विवेक र सङ्गठन ले गर्न सकेका सबै कसरत गरिरहेक छन। यसपालि पनि प्रतिस्पर्धा मुख्य पुरानै दल र उनै चिरपरिचित चेहरा बिच हुने भयको ले जनता माझ अनेक दुबिधा र उम्मेदवार छान्न गाह्रो छ भने कसैले यसलाई अबसर र फाईदा को रुपमा पनि लियका छ्न।

प्राय चुनाबको बेलामा मात्र जिल्लाका समस्या देखिने जनप्रतिनिधि हरु लाई अब एकचोटि जितेपछि ५ बर्षसम्म जिल्ला को बिकास समस्या र जनताका चासो को बारे कुनै बहस हुदैन चाहे त्यो बिजयि बनेको उम्मेदवार होस वा पर्तिपक्ष को उम्मेदवार होस। अहिले जति उफ्रे पनि भ्यागुतो पोखराको पोखरै भने जस्तै अहिके मिठा र चिल्ला बोली जति बोले पनि अर्घाखाँची का समस्या हिजै पनि त्यस्तै थियो आज पनि त्यस्तै छन र भोलि पनि तेस्तै रहने छन। यो चुनाब त दुई दिनको राम छाया मात्र हो त्यही २/४ जनाको भाग्य खुल्ला ठेकेदार चोर फटाहा हरुलाई अबसर मिल्ला यसभन्दा बढी उपलब्धि केही हुनेवाला छैन।

अहिले केही उम्मेदवार हरुले जनता हरुलाई दशै नै आय जस्तै विभिन्न खसी काटेर खुवाउने जाड रक्सी को भतेर लगाई दिने गरेर र जनताहरुका आक्रोश र उम्मेदवार हरुले आफ्ना गल्ती हरु छोप्न केही पैसा बाडने अनेक टिकडम अहिले चुनाव को बेलामा चलिरहेका छन चुनाव को आफ्नै आचार सहिता भयपनी त्यो त एउटा कोरा कागज र मात्र औपचारिकता पूरा गरेको हो यहाँ चुनाब हो जे पनि हुन्छ।

तर जनताहरु सचेत बन्नु नितान्त आबश्यकता छ। भनिन्छ अबेर आयको चेतना त्यो शिक्षा होइन पश्च्याताप हो। अहे चुनाव मा एउटा उम्मेदवारको लागि छिमेकी सग झगडा आफ्नत सग झगडा गर्ने भोलि अफ्ठ्यारो पर्दा तेहि छेमिकी र आफ्नत काम लाग्ने हो। 

अहिले को चुनाब प्रक्रिया पनि लोकतान्त्रिक भने पनि त्यो अनेक कारण बाट म्यानुपेलट हुन्छ। स्वच्छ प्रतिस्पर्धा हुदैन कसले बढी पैसा खर्च गर्न सक्छ उसको बढी प्रभाव हुने र भोट को लागि हदै सम्म गिर्ने र जनताको भावना सग खेल्ने गरेको यथार्थ हामी सगै जस्ताको तस्तै छ।

अहिले को चुनाबमा पनि मुख्य दल एमाले र गठबन्धन दुबैले चुनाबमा पैसाको खोला बगायका छन। यसको असुल र हिसाब जनताबाट गर्ने हुन आज को खर्च भोलिको भष्ट्चार को बिउ हो। यसरी अनैतिक रुपमा पैसाको आधारमा मत प्रभावित हुदा पनि हाम्रो समाज मौन र यो तमसा अनि भोलिको भ्रष्टाचार बेतिथी को जिउँदो सहिद बनेको छ।

प्रतिक्रिया दिनुहोस्