छ्यमता र बौद्धिककता लाई पलायन बनायर राज्य कुन तरिकाले बिकासको मार्गचित्र कोर्दै छ थाहा छैन मलाई :उमेस गौतम"जिज्ञासु "

| २०७९ फागुन १२ गते १७: १२ मा प्रकाशित

आमाले छोरालाई जसरी भयपनी पढाउछु भन्ने अठोट लियकी थिईन । यो कुरा बाट म खुसी कम दुखी धेरै थिय । मेरि आमा, मेरि बहिनी ,मेरा दाजुभाइ , सबैलाई छोडेर कहिले नगयको अन्जान देसमा , तर महिले केई गर्नुपर्छ भन्ने खुप चाहाना सानैदेखी मनमा थियो ।  मलाई मेरा आमा बाले घर तल्तिर बाटोमा आयर आखाभरी आँसु निकाल्दै  बिदा गरेको दिन कहाँ भुलेको छु र ।

ओरालो बाटो मा हिन्दै गर्दा मेरि आमा मलिन भयर खुप रोयकी थिईन । आमालाई छोरो म बाट टाढा जादैछ । भन्ने पिर मेरा बाले भने आँसु लुकायका थिय । जब म त्यहाबाट राजधानी को यात्रा तय गरे आमा झम्टिदै रोईन । मेरि आमा त्यसरी रोयको जिबनमा पहिलो पटक देखेको थिय । र त्यही बेला आमालाई अङकमाल गर्दै म पनि रोय 

छोरा मान्छेहरु रुनु हुदैन । भन्ने मान्छे मलाई फिटिक्कै मन पर्दैन , मेरि आमाको आखाका डिलसम्म आयका ती आसुलाई दातले ओठ टोक्दै लुकाउन खोजिरहेको थिय । आमाले समयमा खाना खानु आफ्नो स्वास्थ राम्रो ख्याल गर्नु , छोरा घरको केइ पिर नगर्नु , भन्दै हामी छुट्टियको कहाँ बिर्सन सक्छु र म ।

पहिलो पटक थियो म मेरो आमाबाट यक्लै कतै टाढा हिनेको थिय । मेरा आसुहरु रोक्न खोज्दा पनि रोकियका थियनन । कसैले नदेखुन भनेर आखामा कसिङ्गर परेको निहुमा रुमालले आँसु पुच्दै थिय । ती मेरा बगिरहेका आँसु ।

केइ घन्टा को यात्रा पछि म साल्झन्डी हुँदै बुटवल आईपुगे । त्यहाको चहलपहल मेरो कानमा गुन्जियो । सानोमा सहर जाने भन्दा यो मनमा आउने खुसी र त्यो भाबनात्मक  बिगुल समय बिल्कुल फरक थियो । त्यो समयमा पालो पालो सबै आफन्ती हरुको फोन बज्यो । आफन्ती हरु भेट हुन आतुर थिय र म बिदाई हुन आतुर थिय ।  त्यो हिन्ने दिन साथिभाई हरु सङको बिछोड बस्पार्क मा अबिस्मरणिय थियो । 

त्यसपछी म त्यसैदिन साझ राजधानी हिने । राजधानी आईपुगे । त्यो राजधानी को गल्लिहरुमा , धेरै दिन धेरै संग्रस धेरै सपना सजाउने बाहानामा छुटाउन पुगेको थिय । म ती राजधानिका गल्ली हरुमा कयौपटक हरायको थिय । त्यर्को ठिक भोलिपल्ट ।

अर्को दिन 12 बजेको जहाजले मलाई पर्खिरहेको थियो ।विहानै एर्पोट पुगे र सोचे आउने को मुहार मा हासो जाने को अनुहार मा आँसु । हासु र आँसु बिचको समय नै जिन्दगी रहेछ ।  त्यस्पछी 1 दिनको यात्रामा म यहाँ आईपुगे ।  सुरुसुरुको दिन हरुमा त घरको दाईको भाईबहिनी को सार्है याद आउथेओ । नत म खुलेर फोनमा कुरा गर्न नै सक्थे ।  यौटा सानो कोठामा राखियको थियो । बाहिर हेर्दा ठूलो सहर । नत त्यो सहरले मेरो गाउको झल्को नै मेटाउन सक्यो । नत त्यो समुन्द्र ले गाउको खोला नाला नै । त्यो समय मा आमा ले हिन्ने बेलामा खाना समयमा खानु है भनेको कुरा खुप याद आउथेओ । करिब 3/4 दिनको भोक अन्द्रा मात्रै थियो म सङ नत निदाउन नै सकिदो रहेछ। 

बिस्तारै समय बित्दै जादा साथिभाई हरुसङ्ग घुल्मिल हुँदै गैइयो । दुईचार जना मिल्ने साथीहरू पनि भय । आफ्नै देसमा केइ गर्छु भन्ने ठूलो सपना लियको म हरेक समस्या परिस्थिति को कारण सम्भब रहेन ।

हुनत हाम्रा छिकेकी हरु कुरा काट्न थालिसकेका थिय रे । छोरालाई राम्रोसँग पढाउछु भनेर गफ गर्दै हिन्थी पर्देस पसेछ । विद्यार्थी जिबनबाटै राजनीति गर्छु भन्दै सानै बाट हिनिरहेको थियो बिदेस पो गयछ ।कसै कसैले त पड्दै नपडेकी केटिको पछि लागेको रैछ खाडि गयोरे पनि भन्थे रे । हेर लाजको कथा ।   

मेरो कारण ले परिबारले धेरै वचन सहनु परेको थियो । हरेक दिन मेरो गलत निर्णय ले पोल्छ । आमा कसरी भनौ म तपाईलाई ? मलाई पछुतो लाग्छ ।                                 मित्रजन हरुसङ राजनीतिका कुरा  गरेर चिया खादा तिरेको पैसाले  आज पोल्छ मलाई ।आमा देसको लागि कुनै योग्य नेता देखिन । भनौ या देसप्रेमी देखिन । बाहिर यौटा जनपृय नाटक भित्र भत्त र भनसुनमा लाग्नुप्रने रहेछ ।हरेक दिन बाकसमा भरियर आयका ती लास हरुले पोल्छ । दलाल सामन्ती बोकाहरुलाई  । मत खाडी आय आफ्नै देस जाउला तर बिकसित देसमा हामिजस्ता पड्न र जागिर गर्न गयका हरु के सबै नेपाल फर्केलान त ???                                         पोल्छ हामिजस्तो लाखौ बिदिसियका खाडिमा पसिना बगाएका आँसु हरुले ती भ्रष्ट हरुलाई ।

प्रतिक्रिया दिनुहोस्