पाणिनि (कविता) छन्द - मन्दाक्रान्ता: डिल्लीराज बेल्बासे

| २०७८ असार २१ गते १७: ३१ मा प्रकाशित

स्रष्टा - डिल्लीराज बेल्बासे

पाणिनि ५ मैदान
कार्यरत विद्यालय- हरिहर संस्कृत तथा साधारण मा वि पाणिनि २ पाेखराथाेक

वारीपारी तप शिखरमा स्वच्छता पाणिनिकाे।
सिस्ने दुर्गा लहलह हुने फाँटकाे धान राम्रो ।।
ज्यादै राम्रो शिरनयनमा उत्तरी त्यो हिमाल ।
आऊ आऊ भ्रमण गरिद्याै पाणिनिकाे भुभाग ।।१।।

पाली मैदान् अनि अडगुरी पाेखराथाेक गाउँ ।
कालीकाठी,रनवनधरा मालिका दिव्य ठाउँ ।।
पणनामा अमृत रसका सुन्तलामा रमाई ।
सिद्धेश्वरी भ्रमण गरिद्याै धातिवाङ् पर्छ आई।।२।।

आलम्देवी दरशनगरी भेट हाम्रो गराई ।
खेल्छाैँ नाच्छाैँ रमझमगरी पूर्णिमाकाे बसाइँ ।।
हाम्रा पुर्खा ऋषिमुनिहरु ज्ञान पाए यहीँ नै।
बुबाआमा घुमफिर गराैँ आउनू पाणिनि मै ।।३।।

दर्वाशाले जपतप गरी नाम आफ्नै चलाए।
पाणिनिले तपसथलमा ब्याकरण नै बनाए ।।
माहेश्वरी करकमलले चाैध  सूत्र गराए ।
अष्टाध्यायी पनि जगतमा सर्वयाेग्य बनाए ।।४।।

दुर्वाशाकाे तपसथलमा पालिका ठाउँ  हाम्रो ।
अर्घाखाँची बिचलित नभै आउँदा हुन्छ राम्रो ।।
घुम्नै आउँ सबजन यहाँ साततल्ले गुफामा ।
लाै साथी हाे नभुलिकन जाे आउनु पाणिनिमा ।।५।।
                
                        समाप्त

प्रतिक्रिया दिनुहोस्