रिटर्नी फेडेरेसन नेपाल मालारानीको अध्यक्षमा दामोदर भुसाल : वाइसीएल इन्चार्ज सहित ४ जना एमाले प्रवेस

| २०७८ माघ २९ गते २०: ०० मा प्रकाशित

हरि कुँवर। नेकपा (एमाले) निकट कान्छो जनवर्गिय संगठनको रूपमा मान्यता पाएको रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न भएको छ।

रोजगारीको अभावमा वाध्यताले पलायन हुन परेको र थोरै भए पनि पुँजी, ज्ञान, सीप र अनुभव बोकेर स्वदेश फर्किएका नेपाली युवाहरु एक जुट भएका हुन ।

नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालको अर्घाखाँची , प्रथम पालिका स्तरिय भेला आज मालारानी गाउँपालिकामा सम्पन्न भएको छ । भव्यरूपमा सम्पन्न भएको भेलाले दामोदर भुसालको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटीको गठन गरेको थियो ।

उपाध्यक्षमा लिल बहादुर राजकोटी ,सचिव सन्तोष खनाल कोषाध्यक्ष बिष्णु बहादुर महत , सह- सचीव चिन्तामणी आचार्य सदस्य हरुमा शेषकान्त सुवेदी, बसन्त चौहान,रमेश के. सि. ,बिष्णु प्रसाद खनाल, गोबिन्द पोखरेल ,गिर बहादुर बि. सि. , गंग बहादुर पुन,फम बहादुर पुन,दुर्ग बहादुर घर्तीमगर ,रेनु भुसाल खनाल ( महिला )  निम बहादुर थापामगर( जनजाति ) कृष्ण  बहादुर बि. क. (दलित ) रहेका छन ।

नेकपा एमाले केन्द्रिय कमिटी सद्स्य, जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अथिती चन्द्र खड्का उज्जलले नेपाली राजनीतीक,सामाजिक,आर्थिक समृधि ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका खेलेको बताए । जनताको मुहारको मुस्कान युवाहरु नै मिलेर जोगाउन सक्ने स्पष्ट पारे । 

रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला

 

मालारानी गाउँपालिका अध्यक्ष बाल कृष्ण आचार्य, जिल्ला कमिटी सद्स्य तिलक मिश्र, आर एफ एन सह कोसाधक्ष्य कमरेड बसन्त केसी, रिटर्नी फेडेरसन नेपालका केन्द्रिय  सद्स्य रामु गैरे , मित्रमणी मिश्र, नारायण पन्थी र  लील बहादुर बिकको उपस्थितिमा सागर खड्काको स्वागत मनतव्य बलराम भुसाल को अध्यक्षता रहेको कार्यक्रम राजेन्द्र पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

वाइसीएल गोखुङ्गा इन्चार्ज युवाराज पन्थी , यम बहादुर घर्ती , गङ्गा बहादुर पुन, बल बहादुर परियार  नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्