राष्ट्रिय जनमोर्चा मालारानी गाउँपालिका को हंसपुर रतन्मारेमा अगुवा कार्यकर्ता भेला सम्पन्न

| २०७८ चैत १९ गते २०: २६ मा प्रकाशित

मालारानी। राष्ट्रिय जनमोर्चा मालारानी गाउँपालिका को हंसपुर रतन्मारेमा अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के सि को प्रमुख आथित्यमा सम्पन्न भयको उक्त कार्यक्रम मा अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला अध्यक्ष नरेन्द्र थापा , अखिल नेपल किसान महासंघ  का ( अफ्फा) का जिल्ला सचिब हिमलाल आचार्य , अखिल नेपाल शिक्षक संघ का मालारानी गाउँ पालिका अध्यक्ष राम कृष्ण घिमिरे , अखिल नेपाल युबक संघ का केन्द्रिय बैकल्पिक सदस्य तथा जिल्ला उपाध्यक्ष  कृष्ण प्रसाद खनाल , अखिल नेपाल महिला संघ कि  जिल्ला सदस्य खगी थापा , पालिका प्रतिनिधि सीता पान्डे ले भेलाको सफलताको शुभकामना दिनुभयको थियो साथै १३ सदस्यीय अखिल नेपाल युवक संघ मालारानी गाउपालिका को गठन भयको छ जसमा अध्यक्ष माधव भुसाल ,उपाध्यक्ष शृजना रेग्मी ,सचिब डिल बहादुर खनाल ,सहसचिब तारा प्रसाद पन्थी ,  कोषाध्यक्ष रामु सुनार रहनु भयको छ भने सदस्यहरुमा  तुल बहादुर घम , नेत्र खत्री  , चन्द्र बहादुर भट्टराई ,उमा खनाल, वसन्त कुवर ,यम बहादुर नगरकोटि, बिश्नु बहादुर रेग्मी( क) र वीर बहादुर बि क रहनु भयको छ । 

हंसपुर रतन्मारेमा अगुवा कार्यकर्ता

११ जनाको निर्वाचन मोबाईल परिचालन समिति गठन गरियको छ भने १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिती समेत गठन गरियको छ। कार्यक्रम  माधब भुसालको संचालन र वीर बहादुर  कुवरको अध्यक्षतामा सम्पन भयको थियो।

प्रतिक्रिया दिनुहोस्