अर्घाखाँची मालारानीका ब्लड क्यान्सर पिडित कृष्ण प्रसाद पन्थी भन्छन मलाई बचाउनुहाेस म बाच्न चाहान्छु

| २०७८ चैत २२ गते १५: ३५ मा प्रकाशित

बाबुराम रसाइली, मालारानी।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न. ९ काफलनेटी निवासी बुवा लालमणी पन्थीकाे छाेरा वर्ष ३७ काे कृष्ण प्रसाद पन्थी अहिले APML ब्लड क्यान्सरका कारण काठमाडौंकाे नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ उहाँ एकदम पिडादायि अवस्थामा  भएकाे कारण उहाँ भन्नुहुन्छ मलाई बचाउनुहाेस म बाच्न चाहान्छु ।

क्यान्सर पिडित कृष्णप्रसाद पन्थी विगत ६ वर्ष देखि मेलेसियामा बैदेशिक राेजगारी गर्दै आउनुभएकाे र राेजगारकाे शिलशिलामा उहाकाे स्वास्थ्यमा अचानक समस्या देखिए संगै चेकजाँचकाे क्रममा उहाँलाई AMPL ब्लड क्यान्सर देखिएकाेले उनलाई विरामी परेकाे १० दिनमा नै नेपाल झिकाईएकाे पिडित परिवारले जानकारी दिएका छन् । क्यान्सर पिडित कृष्णप्रसाद पन्थी हाल काठमाडौं स्थित नया वानेश्वर सिभिल अस्पतालमा केही दिन देखि उपचाररत हुनुहुन्छ । उहाकाे स्वास्थ्यकाे पुर्ण उपचार गर्नकाे लागि लाखाै रूपैया खर्चिने भएकाे र घरकाे आर्थिक अवस्था कमजाेर भएकै कारण उपचारमा समस्या देखिएकाले क्यान्सर पिडित कृष्णप्रसाद पन्थीकाे उपचारकाे लागि विभिन्न व्यक्ति, संघसंस्था, तथा तीन तहकै सरकारबाट आर्थिक सहयाेगकाे अपेक्षा गरेकाे पिडित परिवार बताउछन् । 

भन्छन पिडित परिवारले उनकाे दुई छाेराछाेरी छन् श्रीमती चिन्तामा डुवेकी छिन, बुबाआमा, दाजुभाई, दिदीबहिनीकाे पनि चिन्ताले न दिनमा खाना हुन्छ, न त रातमा निन्द्रा नै लाग्छ कसैकाे सानाे सहयाेगले हाम्राे परिवारमा खुसि आउछ भने हामीलाई त्याे भन्दा ठुलाे धर्म अरु केही हुने छैन कृपया तपाईहरुकाे सानाे आर्थिक सहयाेग गरि  क्यान्सर पिडित कृष्णप्रसाद पन्थीलाई पुर्नजन्म दिनुहुन सबैमा विनम्र अनुराेछ गर्दछाै । 

आर्थिक सहयाेगकाे लागि 

दाजु : दधिराम पन्थी 
राष्ट्रिय वाणिज्य बैंक नयाँ वानेश्वर शाखा, खाता नम्बर : १४२०१०००५२५६४०१०
माेवाईल नम्बर : ९८४१३८८३४९

भाइ: युवराज पन्थी 
साईन रेसुङा बैंक अर्घाखाँची शाखा, खाता नम्बर : ०३०२०१००२१९१४२०००००१ 
माेवाईल नम्बर: ९८४१५१६४०६

प्रतिक्रिया दिनुहोस्