बाँगीमा समाजवादिका क्रियासिल सदस्य भुसाल सहित १२ जना एमाले प्रवेश

| २०७९ बैशाख १८ गते २२: १८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।मालारानी वडा नम्बर ५ बाँगी साविक को ६ बजेरीमा नेकपा एमालेले पार्टी प्रवेश तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन । कार्यक्रममा एकीकृत समाजवादिका क्रियासिल सदस्य राम प्रसाद भुसाल सहित १२ जना एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका भुसालले भने एकीकृत समाजवादी पार्टी भएर चुनाव चिन्ह कलममै भोट राख्न पाइदैन भने पार्टी भित्र बस्नुको कुनै औचित्य हुदैन ।

यस्तै पार्टी प्रवेश गरेकी माओवादी केन्द्र क्रियासिल जिल्ला सदस्य पार्वता बिक भन्छिन् माओवाद अब नामको मात्र रहयो बस्नुको कुनै तुक छैन ।
पार्टी प्रवेश गर्ने संन्जु बिक , बाबुराम खड्का , कल्पना बिक, रामलाल भुसाल , गिर राज भुसाल , ललिता भुसाल ,लिला बस्नेत ,नेत्र बस्नेत , तुल्सीराम भुसाल र शान्ता बस्नेत रहेका छन ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल), एमाले पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल वडा अध्यक्षपदका उमेदवार तिलक मिश्र लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्