बाँगीमा बाढीपीडित परिवार लाई सहयोग रकम हस्तान्तरण

| २०७९ कार्तिक ३ गते १८: ३७ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।शिक्षक कर्मचारीको पहलमा बाढीपीडित परिवार लाई सहयोग रकम हस्तान्तरण  गरिएको छ । 

 मालारानी- ५ बाँगीको श्री शान्ति माध्यमिक विद्यालय कक्षा८मा अध्ययनरत बरम्कोट निवासी छात्रा संगीता क्षेत्रीको आमा बसन्ता क्षेत्रीलाई बिहिवार एक कार्यक्रम बीच सहयोग रकम २८ हजार ३ हजार ७५ हस्तान्तरण गरिएको हो । बाढी पीडित बसन्ता क्षेत्रीले सहयोगदाताहरु लाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी थिन । 

बाढीपीडित परिवार लाई सहयोग रकम हस्तान्तरण

पीडित रेम बहादुर क्षेत्रीको घरगोठ  गत असोज २० गतेको अविरल बर्षाको कारण ढोरपाटन सडकमा जोडिएको घर,चौपाया लगाएत धनसम्पत्ति पुरिएर क्षेती भएको थियो । 

उक्त रकम शान्ति मा वि जुनियर रेड्क्रस सर्कल एवं शिक्षक कर्मचारीको पहलमा संकलन गरिएको शान्ति मा वि प्रअ मान बहादुर पाण्डेले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्