बाँगी वडा स्तरीय पुरुष भलिबल प्रयोगिता सम्पन्न: विशाल खड्काको टिम प्रथम

| २०७९ कार्तिक ७ गते २१: ५४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची। बाँगीमा वडा स्तरीय पुरुष भलिबल प्रयोगिता सम्पन्न भएको छ ।

नवदिप युवाक्लब मालारानी गाउँपालिका -५ भण्डार अर्घाखाँचीको ५ औं वार्षिकोत्सवको अवसरमा वडा कार्यालयको सहकार्यमा वडा स्तरीय पुरुष भलिबल प्रयोगिता सम्पन्न भएको हो । आइतबार वडा अध्यक्ष तुल्सीराम मिश्रले सर्विस गरेर उद्घाटन गरेका थिए ।

बाँगीमा वडा स्तरीय पुरुष भलिबल प्रयोगिता

बाँगी भण्डारमा आयोजित अन्तिम चरणको खेलमा साविक वडा ५ लाई तीन सेटमै पराजित गर्दै साविक ७ (a) विशाल खड्काको टिम प्रथम भएको छ ।

दोस्रो विजेता टिम साविक ५ आरुखोर विकास खनालको टिम पहिले सेट १९ दोस्रो सेट १८ तेस्रो सेट १९ लिएर दोस्रो भएको हो । साविकको ७ (a) रण ब. बस्नेत पहिलो सेट २२ दोस्रो सेट २५ र तेस्रो सेट २५ नम्बर लिएर दुई सेट जितेर तेस्रो भएको थियो । बसन्त खड्का नविन केसी रेफ्री भएको भलिबल खेलमा ९ वटा टिमको सहभागी रहेको हो ।

भलिबल खेलमा ९ वटा टिमको सहभागी

प्रेम,अनुशासन र क्षमता विकास हुनुको साथै छरिएर लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आगामी वर्षमा पनि आयोजना गरिने क्लबका अध्यक्ष सुर्य कुँवरले बताए ।

खेलकुदले बुद्धिको विकासमा मद्दत गर्ने खेलले खेल खेल्ने व्यक्ति , समाज, पालिका र रास्ट्रको गौरव बन्ने मानव जीवनमा खेलको महत्व अझ फराकिलो र गहिरो बन्ने विश्वास गरे । क्लब लाई धन्यवाद दिदै आफू सक्दो सहयोग गर्ने वडा अध्यक्ष तुल्सीराम मिश्रले प्रतिबद्धता जाहेर गरेका थिए ।

टिम प्रथम

क्लबले वडाअध्यक्ष वडा सदस्य र सम्पुर्ण खेलाडी तथा पोखरामा दोस्रो हुने बाँगीका खेलाडी लाई समेत प्रमाणपत्र तथा मायाको चिनो वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्