एकीकृत समाजवादीका कार्यकर्ता एमालेमा फर्किए

| २०७९ कार्तिक १९ गते २०: ३४ मा प्रकाशित

हरि कुँवर,अर्घाखाँची । नेकपा(एकिकृत समाजवादी) युवा संगठनका सचिवालय सदस्य भानु खनाल र विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य आकाश खनाल बिहिवार नेकपा(एमाले) मा प्रवेश गरेका छन ।

अर्घाखाँची मालारानी खनदह घर भएका दुबै युवाले एकीकृत सामाजवादी पार्टीले स्थानीय तहको चुनावमा सामाजिक पारिवारिक सम्बन्ध,सामाजिक मूल्य मान्यता सबै भताभुङ्ग पारेको आरोप लगाए ।

अर्घाखाँचीका एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफू “ब्याक” भएर पार्टीलाई “शुन्य ” जस्तै बनाएको कार्यकर्ताको अनुमान छ ।नेता चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका सागर के.सी . लाई समर्थन गर्ने घोषणा गरेका थिए ।

दुबै युवाले हाम्रो नेता नेकपा एमाले अध्यक्ष केपि ओलि भएको दाबी गरेको अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिसाल मिश्रले जानकारी दिए ।

यस्तै बुटवलमा बसोबास गर्दै आएका नेकपा एकीकृत समाजवादीका युवाहरु नेकपा एमालेमा प्रवेश गर्न लागेको एक नेताले बताए । नाम नबताउने सर्तमा उनले भने दुई चार जना प्रवेश गरे अरु बाकी छ्न सबैको विवरण पछि बताउला।

प्रतिक्रिया दिनुहोस्