मालिकादेवी मन्दिरमा कार्तिक ११ गते पूर्णिमा मेला तथा शरायं नाँच हुने

| २०८० कार्तिक ५ गते १९: २९ मा प्रकाशित

अविजित पन्थी,अर्घाखाँची।
 कार्तिक ७- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं सात गुराँसधारामा रहेको प्रसिद्ध मालिकादेवि मन्दिरमा कार्तिक ११ गते पूर्णिमा मेला तथा सराय नाच हुने भएको छ ।

दशैं को अन्तिम दिन पूर्णिमाको दिन लाग्ने  पुर्णिमा मेलामा हजारौं भक्तजनहरुले पूजा आराधना गर्ने गर्दछन्।हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला तथा सराय नाच तथा मन्दिरमा भक्कल गरेका भक्तजनहरुले पूजा गर्ने गर्दछन्।

यस पूर्णिमा मेलाको लागि आज अष्टमीको दिन आलम निकाली आज देखि विधिवत रूपमा पूर्णिमाको तयारीमा लागेको त्यहाँका स्थानीय समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नेत्र कुँवरले बताए। पूर्णिमाको दिन हुने सम्पुर्ण पूजाको तयारी सराय नाच तथा भक्तजनहरुलाई त्यस दिन पूर्णिमाको राति चन्द्र ग्रहण र सुतक लाग्ने भएकाले सम्पूर्ण कार्य बेलुका ४ बजेसम्म सम्पन्न गर्नुपर्ने त्यसमन्दिरका पुजारी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराम आचार्यले जानकारी दिनुभयो।

मेलामा हुने हरेक गतिविधिको लागि बजार ब्यवस्थापन सुरक्षा र पूजाको लागि आयोजकले तयारी तिब्र बनाएको मन्दिर निर्माण समितिका अध्यक्ष बाबुराम सुनारले जानकारि दिनुभयो।

 धार्मिक तथा पर्यटकीय दृष्टकोणले अत्यन्तै उपयोगी र सुन्दर स्थान रहेकाले त्यस पुर्णिमा मेलामा पाणिनी गाउँपालिका तथा सन्धिखर्क नगरपालिकाका भक्तजनहरुको ठूलो उपस्थिति हुने गर्दछ त्यस मन्दीरमा छिमेकी जिल्ला रूपन्देही र कपिलवस्तुबाट पनि मानिसहरू मेला हेर्न आउने गर्छन।

प्रतिक्रिया दिनुहोस्