मालारानीमा रोकिएन चोरीका गतिबिधि :चो’रको बिगबिगि एकै रातमा नगद सहित लाखौँका गरगहना चोरी

| २०८० कार्तिक २० गते १८: ३३ मा प्रकाशित

रबि पोख्रेल,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ का विभिन्न ठाउँमा चो’रको बिगबिगि बढेको छ।

चोरीको घटना एकैरातमा पसल, घरहरु चाेरि भएकाे स्थानीय ले जानकारि दिएका छन ।

 गत कार्तिक १७ गते राति मालारानी गाउँपालिका वडा नं ३ काे खनार स्थित शोभाखर खनाल को पसल बाट नगद रु २५००० /- (पचिस हजार ) , बिण्णु जि.सि को बिभिन्न गरगहना ( २ ढुंग्रि  ,२ औंठि, १ किलिप) , रेमलाल पोख्रेल को घर बाट नगद रु ३०००० /- (तीस हजार), ६०००/- ( छ हजार) बराबर का रिचार्ड काड चाेरि भएकाे हो ।

त्यस्तै सहकारि संस्थाका कोठा तोडफोड गरियको छ । अर्काे दिन अर्थात १८ गते राति डांडाकटेरी घडेरि गतेरा तिर का पसल र घर फाेरि नगद गरगहना सहित धेरै लुटेकाे जानकारी प्राप्त भएकाे छ ।

थप विवरण आउँन बाँकी घटनाको इलाका प्रहरीको टोलिले छानबिन गर्दै गरेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्