अर्घाखाँचीमा चोरी गर्ने उदेश्यले ७२ बर्षिया वृद्वाको हत्या गर्ने एक युवक पक्राउ

| २०८० कार्तिक २२ गते १९: ०४ मा प्रकाशित

पूजा केसी ,अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया हरिकला भुसालकाे हत्या गर्ने एक जना अभियुक्तलाई बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ।

कार्तिक १४ गते खुकुरीको पछाडिको भागले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वार्ड नंं १ राजिमे बस्ने २० बर्षिया गोपाल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्