अर्घाखाँचीमा एक वृद्ध मृत फेला

| २०८० कार्तिक २६ गते १६: ५१ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । अर्घाखाँचीमा एक वृद्ध मृत फेला परेका छन् ।

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनारका ७० वर्षीय छविलाल खत्री आइतबार मृत अवस्थामा फेला परेका हुन् । खत्री मालारानी गाउँपालिका वडा नम्बर ३ कै ढाडमसिना सामुदायिक वनको भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्