मालारानीको कालिका ने. रा. माविका शिक्षिका उमा खड्का र जमुना खनालले छोडेनन राजनीति

| २०८० मंसिर ५ गते १५: ४० मा प्रकाशित

अर्घाखाँची। कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी खनका शिक्षिका उमा खड्का र जमुना खनाल सामुदायिक विद्यालयमा कार्यरत भएतापनी विद्यालय र विद्यार्थी भन्दा बढी पार्टीको कार्यक्रममा सक्रियता बढाएका छन । 

केही समय अगाडि पनि विद्यालयमा भन्दा बढी राजनैतिक पार्टीको कार्यक्रममा देखिएर चर्चा बटुलेका  उनिहरु फेरि चर्चा सेलाउन नपाउंदै आफ्नो पेशा प्रति गैह्र जिम्मेवार बन्दै पेशाकर्मी भन्दा बढी पार्टिका कार्यकर्ता भएका छन।

यसरी शिक्षकहरु आफ्नो पेशाप्रती जिम्मेवार हुने समयमा पार्टीको कार्यकर्ता भएपछि उनिहरुले कसरी बालबालिकाहरुमा शिक्षाको विकास गराउँछन ? अवगत रहोस् यस अघिपनी उनीहरूले आफू कुनै पार्टीसँग आवद्ध नभएको र नहुने  साथै पार्टीमा आवद्ध  भएको पाइएमा प्रचलित नियमानुसार सजाय भोग्न तयार भएको भनी स्थानीय तहमा विवरण पेश गरेका थिए ।

 तर त्यसलाई बेवास्ता गर्दै फेरि सक्रिय भएका छन । सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

प्रतिक्रिया दिनुहोस्