मालारानीको सावडांडामा आगलागी हुँदा लाखौँ धनमालको क्षति

| २०८० मंसिर १३ गते १५: ५३ मा प्रकाशित

रबि पोख्रेल ,मालारानी। जिल्लाको मालारानी गाउँपालिकामा आगलागी हुँदा लाखौँ धनमालको क्षति भएको छ। 

मालारानी गाउँपालिका वडा नम्बर - ३ साबडांडा निवासी  इन्द्र बिक को घरमा आज दिउँसो करिब २:३० बजेको समयमा बिधुतिय सर्किट सर्ट हुँदा आगलागी भएको खबर प्राप्त भएको छ। 

आगलागी हुँदा लाखौँ धनमालको क्षति

आगलागीमा भौतिक क्षति भएता पनि मानवीय क्षति भने नभएको स्थानीयहरुले जानकारी दिएका छन्। 

ईलाका प्रहरी कार्यालय खनले घटनाको अनुसन्धान गर्दै गरेको खबर प्राप्त भएको छ,घटनाको थप बिवरण आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्