मालारानीमा रहेको गुफा उचित प्रचार प्रसार र ब्यबस्थापनको अभावमा ओझेलमा: सम्बन्धित निकायलाई छैन चाँसो

| २०८० मंसिर २४ गते २०: ३१ मा प्रकाशित

केशब पन्थी ,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ को खन देउराली भन्ने स्थानमा रहेको गुफा ब्यबस्थापन र उचित प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । धार्मिक ,ऐतिहासिक र पर्यटकिय महत्त्व बोकेको उक्त गुफाको नजिकै रहेको मन्दिर जिर्ण अबस्थामा रहेको र चारैतिरबाट चर्किएर भत्किने अबस्थामा पुग्दा पनि सम्बन्धित निकाय मुखदर्सक बनेको छ । 

 गुफा ब्यबस्थापन र उचित प्रचार प्रसारको अभाबमा ओझेलमा

प्रत्येक बर्षको  महाशिबरात्रीमा बिशेष मेला लाग्ने यो स्थान मालारानी गाउँपालिकाको सभाहल र प्रशासनिक भवनको नजिकै छ । ठूलो पहरा मुनि बनेको गुफा  र त्यो गुफा भित्र बिष्णु भगवानको सुतेको मुर्ती रहेको छ  ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट सभाहल र प्रशासनिक भबन हुँदै खनदह बजार जाने बाटो यहि गुफा भएको स्थान भन्दा माथिबाट गएको छ  । दैनिक जसो त्यहा कार्यलयमा जनप्रतिनिधि त्यही बाटो भएर ओहोरदोहोर गर्ने गरे पनि त्यो भत्किन थालेको मन्दिरको मर्मत वा पुनर्निर्माणमा खासै ध्यान गएको देखिदैन । 

भत्किन थालेको मन्दिरको मर्मत वा पुनर्निर्माणमा खासै ध्यान गएको देखिदैन 

पर्यटनलाई पनि नाराको रुपमा लिएको मालारानी गाउँपालिकाको नीतिलाई यो गुफा र त्यसैमा रहेको मन्दिरले चुनौती दिएको छ ।

 मालारानी मन्दिर जानको लागि यहि बाटो भएर जाने पर्यटक र दर्शनार्थीहरुलाइ यो ठाउँमा रहेको गुफाको बारेमा त्यही बाटोबाट देखिने स्थानमा त्यहाको तस्बिर सहित त्यसको ईतिहास लेखेर देखाउन सके र वरपरको अनावश्यक झाडी र बनमारा झारलाई फालेर फुलबारी बनाउन सके यसले पर्यटकलाई आकर्षित गर्ने कुरामा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।  

चारैतिरबाट चर्किएर भत्किने अबस्थामा

पहिले पहिले त्यहा बस्ने योगीले त्यही स्थान वरपर गाई पालेर दूध खाने ,खेतिपाती गर्ने र फलफुल लगाएर लटरम्म फलाउने गरेको त्यस वरपरका स्थानियले बताएका छन । 

त्यसोत त्यही गुफा भन्दा केही तल पानीको मुल पनि रहेको छ । त्यही मुलको पानी त्यहा बस्ने योगिहरुले प्रयोग गर्ने गर्दथे । तर त्यहा सम्म कस्तो रहेछ भनेर हेर्न जान सक्ने अबस्थाको बाटो अहिले छैन । त्यहा पुग्ने बाटोको पनि मर्मत हुन सकेको छैन । त्यसोत प्रबेश गर्ने स्थानबाटै  गुफा सम्म जानको लागि त्यो बेलामा  बनाइएका ढुङ्गाका  सिढिलाइ फालेर सिमेन्टका सिढी बनाइएको छ त्यसले त्यहाको वास्तबिकतालाइ मेटाएको छ । बिकाश निर्माणलाइ अगाडि बढाउदा त्यहाको मौलिकता नमेटिने गरि बनाउन सके त्यसले पर्यटक लाई आकर्षित मात्र होइन इतिहासलाई जोगाइ राख्न ठूलो टेवा पुग्दछ भन्नेमा सम्बन्धित निकाय जानकार हुन जरुरी देखिन्छ । 

गुफा भन्दा माथी मोटरबाटोको छेउमा एउटा योगिको समाधिस्थल रहेको छ भने एउटा मोटरबाटोको बिच भागमा रहेको छ । मोटरबाटो बनाउदा त्यो समाधिस्थललाइ बिचमा पारिएको छ । ती समाधिस्थल त्यही गुफामा बस्ने योगिहरुको त्यही निधन भएको र उनिहरुको रिति र परम्परा अनुसार त्यसरी समाधिस्थल बनाएर मृत सरिरलाइ त्यही राखिएको ९४ बर्षिय रुक्मागत पन्थी बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्