राज्यले खेल र खेलाडीहरूका लागि बजेट छुट्टाउनुपर्छ : चेतनारायण आचार्य

| २०८० माघ ७ गते २२: २३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य चेतनारायण आचार्यले खेल र खेलाडीहरूको सम्मानका लागि केही रकम राज्यले छुट्टाउनु पर्ने बताएका छन् ।

मालारानी गाउँपालिका खनदह अर्घाखाँचीको आयोजनामा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मालारानी-३ गिद्दपोखरीमा कार्यक्रम उद्घाटन गर्दै पूर्व मन्त्री आचार्यले विद्यार्थी देशका भविस्य हुन। खेल स्वास्थ्यको लागि मात्र नभएर देशको लागि महत्त्वपूर्ण भएकोले खेल र खेलाडीको लागि तिनै तहका सरकारले बजेट छुट्टाउनुपर्ने बताए । 

१४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मालारानी-३ 

प्रतियोगिताको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कडेलको स्वागत मन्तव्य र आदर्श माध्यमिक विद्यालयका प्राध्यापक भेषराज खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

गाउँपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष पालिका स्तरका राजनैतिक दल , संघ संस्थाका प्रमुखहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्