मालारानी गाउँपालिका मा १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

| २०८० माघ ७ गते २२: ३६ मा प्रकाशित

मालारानी। मालारानी गाउँपालिका, खनदह अर्घाखाँचीकाे १४ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे भब्य समाराेहका बिच उद्घाटन भएको छ ।

 प्रतियाेगिता एक भव्य समाराेहकाबिच  लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य माननीय चेतनारायण आचार्यले कार्यक्रम उद्घाटन गर्नुभयकाे थियाे ।

मालारानि  गाउँपालिका काे गिद्धपाेखरि मा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष  दलबहादुर भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका १४ वटा माध्यमिक बिद्यालयकाे सहभागिता रहेको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष श्री दिपा पाेख्रेल, प्रमुख प्रशासकीय अधिकृत श्री चेतनारायण कडेंल, पूर्व अध्यक्ष श्री बालकृष्ण आचार्य, उपाध्यक्ष श्री प्रमिला क्षेत्री, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्री बिष्णु क्षेत्री, पालिका प्रवक्ता  तिलक मिश्र, प्रहरी निरीक्षक  ईश्वरी अधिकारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकामा क्रियाशिल राजनीतिक दलका प्रमुखहरू, शिक्षकका पेशागत संघसंगठनका प्रमुख, बिद्यालयका प्रधानाध्यापकहरू, पत्रकार, शिक्षक, बिद्यार्थी, खेलाडीकाे उपस्थिति रहेकाे थियाे । 

कार्यक्रम संचालन आदर्श मा.बि.का प्र.अ. एवम् निर्देशक समिति सदस्य सचिव श्री भेषराज खनालले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्