मालारानी:चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बैधनाथ निमकुमारि बलबहादुर मा.वि लाई

| २०८० माघ १० गते २१: ५६ मा प्रकाशित

अर्घाखाँची। मालारानी गाउँपालिकाकाे चाैधाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि बैधनाथ निमकुमारी बलबहादुर मा.बि., मालारानी-७, बामरूकले हात पार्न सफल भएको छ । 

प्रतियोगितामा द्वितीय स्थान श्री कालिका ने.रा.मा.बि. मालारानी-४, खन र तृतीय स्थान श्री शान्ति मा.बि. मालारानी-५, बाँगीले हासिल गरेका छन् । प्रतियोगिताकाे समापन कार्यक्रममा अध्यक्ष श्री दलबहादुर भट्टराई, उपाध्यक्ष श्री दिपा पाेख्रेल, प्रमुख प्रशासकीय अधिकृत श्री चेतनारायण कडेंल, शिक्षा अधिकृत श्री रमेश पन्थीले खेलाडी तथा बिद्यालयहरूलाइ मेडल, प्रमाण-पत्र र ट्रफी वितरण गर्नुभयाे । 

 कार्यक्रममा ३ नं. वडाअध्यक्ष श्री दण्डपाणि पाेख्रेल, कार्यपालिका सदस्य श्री लिलबहादुर बि.क., श्री सरस्वती खनाल, बिद्यालयका प्र.अ., खेल शिक्षक, रेफ्री, सहायक रेफ्री, सुरक्षाकर्मि, संचारकर्मि लगायतकाे उपस्थिति थियाे, कार्यक्रमकाे संचालन आदर्श मा.बि.का प्र.अ. तथा खेलकुद ब्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव श्री भेषराज खनालले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्