बिगत दस महिना देखि अलपत्र पर्‍यो मालारानी गाउँपालिकाको ६ मा रहेको लिफ्टिङ खानेपानी

| २०८० चैत १३ गते १६: ४५ मा प्रकाशित

मालारानी। अर्घाखाँची जिल्ला मालारानी गाउपालिकाको वाड न ६मा निर्माण सम्पन्न  भै केही समय सन्चालनमा आएको मेहेलपानी बिधुतिय लिफ्ट  खानेपानी योजना  बिगत दस महिना देखी  अलपत्र  परेको छ।

नेपाल  सरकार को चलनी दर्ता  न१९६ अन्तरगत नेपाल  सरकार  को परियोजना  बाट बि स२०७३/११/३० गते  योजना पारी २०७४/१२/३० गते सम्पन्न  गर्ने गरि नेपाल  सरकार  को लगानी  मा एक करोड  सत्ताईश लाख ओसि हजार सतासी रुपैयाँ एकान्ब्बे पैसा बजेट  छुट्टाइ र उक्त योजना मा नै करिब ३०% उपभोक्त जनताहरुको परिश्रम बाट सम्पन्न  भएको खानेपानी  योजना अर्घाखाँची  जिल्ला  मालारानी ६ को कुकुर गाढेको मुहानबाट  सन्चालन मा ल्याइ सोही वडा का बस्ती लोहोरी , पैरा , ओखरकोट , म्यालपानी , तिलचने ,र सुनार टोल गरि करिब एक सय तिरपन्न घर दुरिले उपभोग गरिरहेको पानी अहिले संचालक समितिको लापरबाही  ले गर्दा अस्थ ब्यास्थ बनेको हो।

सहि खानेपानी संचालक  समितिका अध्यक्ष  दुर्गा ब राउत क्षेत्री ले दिएको जानकारी अनुसार खानेपानी सन्चालन गर्ने अर्घाखाँची  बिधुत प्राधिकरण बाट  बिधुत उपलब्ध  गराइ सन्चालन गर्दा लागेको रिण करिब एक लाख पचास  हजार बिधुत करण लाई बुझाउन बाकी रहेको कारण  ले प्रधिकरण ले पानी सन्चालन मा जोडिदिएको लाइन आएर काटिदिएको र ट्याङ्की हरुका सामान हरु पनि परिबर्तन  गर्ने अबस्थामा भएको साथै पानी खाने घर दुरिले धारा जडान  गर्दा को शुल्क पनि नदिएको र छिट्टै सन्चालक समिती र पानी प्रयोग  गर्ने जनता हरुको बैठक बसाली पानी सन्चालन मा ल्याउने प्रतिबद्ध ता ब्याक्त गरेको झन्डै दस महिना बितिसक्दा पनि उक्त खानेपानी सन्चालन मा न आएको हो।

स्वाच्छ पानी पिउने  सपना  का साथ घरको आगनमा धारा त जोडी यो तर अहिले ती धारा हरु सौर्न्दर्य का लागि मात्र  सिमित भए ।महिनाको रु ३०० बिधुतिय शुल्क तिरेर केही समय  पानी खाएका उपभोक्ता हरुले अहिले पानी ठप्प  हुदा करिब  २० मिनेट  को बाटो हिडेर खाने पानी ल्याइ गुजारा गर्ने सास्थी खेपिरहेको उक्त खानेपानी मा काम गरेबापत सरकार  ले उपभोग्य जनतालाइ छुट्टाएको रकम समेत हिसाब समितिले नदिदा कतै खानेपानी योजना यतिकै मा सकिने हो कि भनेर उपभोग्य  जनताको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्