श्री शान्ति मा.वि अर्घाखाँची काे आधारभुत तह हाजिरी जवाफ प्रतियोगिता मा सिद्ध मा.वि प्रथम

| २०८० चैत २९ गते २१: ३० मा प्रकाशित

पूजा केसि ,बाँगी ।श्री शान्ति मा. वि. मालारानी -५, बाँगी ,आरुखोरको ऐतिहासिक हीरक महोत्सव २०८१ को पूर्व सन्ध्यामा विद्यालयको कार्ययोजन अनुसार चाैथाे दिन २०८०/१२/२९ गतेको वडा स्तरीय आधारभुत  तह (१-३)को हाजिर जवाफ प्रतियोगिता कार्यक्रमको उदघाटन भएको छ। 

उक्त कार्यक्रममा पूर्व वडा अध्यक्ष शोभाकर भुसाल विद्यालयका प्र.अ मान बहादुर पाण्डे ,सहायक प्र अ माधव प्रसाद पन्थि,तारा प्रसाद भुसाल विद्यालय व्यवस्थापन  सदस्यहरु ,पत्रकार विनाेद खडका ,पूजा कुंवर  विद्यालयका शिक्षकहरु र सहभागी विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

 कार्यक्रममा विद्यालयको हीरक महोत्सव गीतको नृत्यमा सहभागि शिक्षक तथा विद्यार्थीहरु नाच्दै ,गाउदै सुरुवात गरेका थिए र कार्यक्रममा ८ वटा  बिधालयहरुको उपस्थित रहेको थियो।

नरसिह आधारभुत विद्यालय,,सिद्ध मा.वि,सुन्दर आधारभुत विद्यालय,ज्ञानद्विप आधारभूत वि्द्यालय,जनता आधारभुत विद्यालय,मालारानि आधारभूत विद्यालय,ज्याेति आधारभुत वि्दयालय,र नवज्योति आधारभुत विद्यालय काे उपस्थिति रहेको थियाे।जसमध्ये प्रथम सिद्ध मा.वि,द्वितीय ज्याेति आधारभुत विद्यालय र तृतिय स्थान सुन्दर आधारभुत विद्यालय प्राप्त गरेकाे थियाे।

 उक्त कार्यक्रम शिक्षक केशव खनालकाे  संन्चालनमा सम्पन्न भयकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्