भाेलि वैशाख ३ गते शान्ति मा.वि मा हीरक महाेत्सव मनाईदै

| २०८१ बैशाख २ गते २२: १८ मा प्रकाशित

पूजा केसि अर्घाखाँची । श्री शान्ति मा .वि काे आयाेजनामा यही वैशाख ३ गते मालारानि गाउँपालिका वडा न -५बाँगि आरुखाेरमा हुन गइरहेकाे हीरक महाेत्सवकाे सम्पुर्ण तयारी पूरा भएको विद्यालयका प्र.अ मान बहादुर पाण्डेले जानकारी दिएका छन।

हीरक महाेत्सवकाे उद्घाटन साेमवार (भाेलि)हुँदै छ। महाेत्सवकाे उदघाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री जाेख बहादुर महरा ले गर्ने कार्यक्रम रहेकाे छ।वि.स २०१९ सालमा स्थापना भएको विद्यालयले ६० औं वर्षमा प्रवेश गरेको छ साेहि अवसरमा हीरक महाेत्सवकाे आयाेजना गर्न लागिएको हाे।

उक्त कार्यक्रममा मनाेरन्जन प्रदान गर्नका लागि  चर्चित कलाका तथा लाेक तथा दाेहाेरि गायक विष्णु खत्री,माेहित मुनाल तथा चर्चित डान्सर सृष्टि अधिकारी लगायतका कलाकार काे बेजाेड प्रस्तुति समेत रहने छ।

प्रतिक्रिया दिनुहोस्