ब्राह्माकुमारी इश्वरिय बिश्व बिध्यालय अर्घाखाँचीद्वारा रक्षाबन्धन महोत्सव

| २०८० भदौ १५ गते ०६: १३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। ब्राह्मकुमारी इश्वरिय  बिश्व बिध्यालय अर्घाखाँचीले हिन्दुहरुको महानचाड रक्षाबन्धन तथा जनैपुर्णिामाको अबसरमा  शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा न.१ शान्तिनगर स्थित आफ्नै भबनमा उक्त कार्यक्रम राखिएको थियो , सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल , शिक्षा तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली ,नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भन्डारी , नेकपा एमाले कि केन्द्रिय सदस्य माया भुसाल ,भबन निर्माण समितिका अध्यक्ष ठाकुर श्रेष्ठ नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल  बिश्व बिध्यालय सग समर्पित गुरुबर्ग साधक तथा सर्बसाधारणको उपस्थित रहेको थियो ।

कार्यक्रम ब्राह्मकुमारी ईश्वरिय  बिश्व बिध्यालयका संरक्षक पुर्णिामाको अध्यक्षता तथा नन्दराम भट्टराईको संचालनमा सम्पन्न भएको थियो भने दिन भर शुभकामना आदानप्रदान तथा रक्षा बन्धन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्