नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र )सन्धिखर्क नगरकमिटी वडा न.१० को बैठक शुरु

| २०८० भदौ १५ गते १९: ०३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जनता संग माओबादी रुपान्तरणको विशेष अभियान , जन जनमा माओबादी घर-घरमा माओबादी भन्ने मुल नाराका साथ तीन महिने अभियान अन्तरगत माओबादी केन्द सन्धिखर्क नगरकमिटिको आयोजनामा बैठक शुरु भएको छ।
 
नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा तीन महिने अभियानका जिल्ला इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु बैठकमा प्रदेश समिति सचिवालय सदस्य तथा अर्घाखाँची संयोजक राजेन्द्र भुसाल , नगरकमिटी अध्यक्ष कृष्णहरि भुसाल , उपाध्यक्ष काजीमान रायमाझी ,सचीव बिष्णु ढुङ्गाना , सह सचीव मोहन सिंह ठकुरी वडा न. १० स्थित नगरकमिटीका सदस्यहरु पार्टी वडा कमिटीका सदस्यहरुको उपस्थित रहेको छ ।

बैठकमा वडा स्थित सम्पुर्ण टोलहरु बाट आ -आफ्ना टोलका रिपोर्टिङ गर्ने काम भएको छ , यस् वडा लाई नमुना वडा बनाउने उदेश्यले पार्टीका केन्द्रिय सदस्य तथा तीन महिने अभियानका जिल्ला इन्चार्ज बामदेब क्षेत्रीले जिम्मा लिएको वडा कमिटीका कार्याबाहक अध्यक्ष इन्दिरा हमालले बताएकी छ्न।
  
बैठक वडा कमिटी काबा. अध्यक्ष इन्दिरा हमालको अध्यक्षता तथा वडा कमिटी सचीव बिनोद थापाको संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्