पाणिनी बहुमुखि क्याम्पस सन्धिखर्क अर्घाखाँचीको ३५ औं बार्षिकोत्सब, सम्मान र पुरस्कार बितरण कार्यक्रम सम्पन्न

| २०८० असोज ७ गते ०४: १२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।पाणिनी बहुमुखि क्याम्पस सन्धिखर्क अर्घाखाँचीको ३५ औं बार्षिकोत्सब, सम्मान र पुरस्कार बितरण कार्यक्रम सम्पन्न  भएको छ ।

नेपाल सरकारका सस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपालीको प्रमुख आतिथ्यमा सम्पन्न बाषिकउत्सबमा प्रदेश सभा ख का साम्सद रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला , सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , प्रहरी नायब उपरीक्षक  प्रतीत सिंह राठौर ,जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरु , सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष हरु विभिन्न क्याम्पसका प्रमुख हरु जग्गा दाता तथा अक्षयकोष दाताहरु क्याम्पसका प्राध्यापक तथा उपप्रध्यापकहरु विद्यार्थी तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा जग्गादाता , अक्षयकोषदाता , पुर्ब क्याम्पस प्रमुखहरु पुर्ब अध्यक्षहरु बाषिकउत्सबमा विभिन्न बिधामा खेलाइएका खेलका बिजेताहरुलाइ सम्मान पुरस्कार तथा नगद सहित प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रम क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष बिष्णु खनाल मुस्कानको अध्यक्षता उपप्रधायक बिजय खत्रीको स्वागत मन्तव्य निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोख्रेलको प्रतिबेदन प्रस्तुत तथा उपप्राध्यापक धर्म भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्