घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमन (तस्विर सहित)

| २०८० असोज ११ गते १७: १६ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले बजार अनुगमन लाई तिब्रता दिएको छ , कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो ।

बजार अनुगमन

बिहिवार जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. २ स्थित चुत्रबेसी बजारमा रहेका गल्ला तथा किराना , कपडा तथा फेन्सी ,डेरी तथा होटलहरुको अनुगमन गरिएको थियो, अनुगमनको क्रममा केहि पसल हरुको नवीकरण नगरिएको पसलको पुजी वृद्धि नगरिएको केहि खाध्य पसलहरुमा म्याद गुज्रिएको सामानहरु भेटिएको थियोे भने मुल्य सुची नराखीएको पसलहरुमा मुल्यसुची अनिवार्य राख्नु पर्ने नवीकरण तथा पुजी वृद्धिको लागि सात दिनको म्याद दिइएको थियो अनुगमन टोलिले अर्को पटक अनुगमनको बेला नियम पालना नगरेको भेटिए पाँच हजार देखी माथी जरिवाना गरिने जानकारी गराएको थियो ।

 बजार अनुगमन तथा निरीक्षण

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा निस्केको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उधोग अधिकृत सन्तोष खनाल, सन्धिखर्क नगरपालिकाका अधिकृत मुक्तिराम खनाल , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , उधोग बाणिज्य संघका कोषाअध्यक्ष  रुद्र प्रसाद श्रेष्ठ ,जिप्रका अर्घाखाँचीका प्रसनी छोटेलाल गुप्ता ,उबिस अरुण कुमार सिंह जिल्ला प्रशासन कार्यालयका खरिदार कृष्ण प्रसाद ज्ञावलि , कार्यालय सहयोगी हरि प्रसाद खनाल तथा सबारी चालक तेज बहादुर सारु उपस्थित रहेको थियो।

बाणिज्य बजार अनुगमन तथा निरीक्षण

प्रतिक्रिया दिनुहोस्