सन्धिखर्क नगरपालिका

अन्तराष्ट्रिय अपाङ्ग दिवको दिन नवज्योति सुस्त मनस्थिति विद्यालयलाई गिजर सामाग्री हस्तान्तरण

२०८० मंसिर १९

कमला घिमिरे ,सन्धिखर्क।अन्तराष्ट्रिय अपाङ्ग दिवस अर्घाखाँची सहित देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै बिच “दिगो बिकास लक्ष्य प्रप्तिको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सन्धिखर्क नगरपालिकामा रहेको निर्मल नवज्योति सुस्त मन स्थिति विद्यालयमा पानी तताउने सामग्री गिजर सन्धिखर्क उपप्रमुख वडा नं १ का अध्यक्ष लगायतको टिमले सामाग्री हस्तान्तरण गरेको हो!