सन्धिखर्क नगरपालिका

अर्घामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३१० जनाको स्वास्थ्य परीक्षण

२०८० जेठ १४

श्याम घिमिरे, जेठ १४ अर्घाखाँची- सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडानं ९ अर्घामा सनिवार एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिरमा हाडजोर्नी दुख्ने,बाथ रोग भएका ,स्त्री रोग संगै सामान्य पेट सम्बन्धी समस्या भएका ३१० जनाको स्वास्थ्य परीक्षण गरीएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले बताउनुभयो । शिबिरमा परीक्षणसंगै आयुर्वेदिक औषधी समेत निशुल्क बितरण गरीएको हो ।