किमडाँडामा भिरमौरीले टोक्दा ५ जना घाइते

| २०८० बैशाख २५ गते ०१: २२ मा प्रकाशित

गोपालप्रसाद भट्टराई ,सन्धिखर्क। सन्धिखर्क–८,किमडाँडामा भिरमौरीले टोक्दा ५ जना घाइते भएका छन् । 

घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार चलिरहेको छ । 

घाइते सबै खतरामुक्त रहेको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी निम रानाले बताउनुभएको छ ।

प्रारम्भिक जानकारी अनुसार सन्धिखर्क–२ र ८ को सिमानाको स्थानिय खरबारीमा खन्युको घाँस काट्ने क्रममा मौरी उडेपछि एकपछि अर्को गर्दै मौरीले टोकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्