महिला सन्चारकर्मिहरुका लागि १ दिने क्षमता वृद्धि तालिम सम्पन्न

| २०८१ बैशाख २४ गते १५: २८ मा प्रकाशित

पूजा केसि।शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि १ दिने क्षमता वृद्धि तालिम सम्पन्न भएको छ ।

 शितगंगा नगरपालिकाको सहयोगमा कमल पोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजिकरणमा सञ्चलालित कार्यक्रममा जिल्लाका बिभिन्न मिडियामा कार्यरत महिला सञ्चारकर्मी सहभागी रहेका थिए । तालिमले न्युनतम आचार सहिंता बारेमा सिकाइ भएको र छोटो समयमै उत्कृष्ट सिकाइ अनुभव भएको बताउदै महिला लक्षित यस्ता कार्यक्रमहरु नगरपालिकाले निरन्तर प्रदान गर्नु पर्ने सहभागि सरस्वती पुरीले बताउनु भयो ।

पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता बलियो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगर उपमेयर गीता भाटले जानकारी दिनु भयो । सञ्चार क्षेत्रमा लागेका महिलाको अबस्था र सकृयताको बारेमा यो तालिमबाट जानकारी प्राप्त भएको र सञ्चार क्षेत्रमा महिलाले आवाज बिहिन समु्दायको आवाज ल्याउन यो तालिकले सहयोग गर्नेमा आशावादी रहेको उपमेयर भाटले जानकारी दिनु भयो ।

नगर प्रमुख छबिलाल पौडेलले महिला क्षेत्रको बिकासको लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउदै नगरको बिकास अबस्थाको बारेमा महिला पत्रकारले सुझाव दिन र समाचार उठान गर्न अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्