छत्रदेव र मालारानी गाउँपालीकामा नेपाल निजामती कर्मचारी युनियन गठन

| २०७८ असोज ८ गते २१: ०९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।
असोज ८ - नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति अर्घाखाँचीले दोश्रो चरणमा आज (सुक्रवार) छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा स्थानीय तह कार्यसमिति गठन गरेको छ । युनियनले विश्वदेव न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय छत्रदेव गाँउपालिका स्थानीय तह कार्य समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा बुद्धिराम न्यौपाने, शिवबहादुर सुनार र सचिवमा कृष्ण प्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा क्रमशः सुनिल पन्थी, हरिप्रसाद खनाल, साजन पाण्डे, कमला खनाल, पार्वति पाण्डे, प्रकाश पोखरेल, संजय राना, मणिराम विश्वकर्मा, उषा पाण्डे, विष्णु थापा, ताराबहादुर वि.क. र भास्कर आचार्य रहनुभएको युनियनले जनाएको छ । यस्तै रामप्रसाद पौडेल संयोजक रहेको ३ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरीएको छ । जसको सदस्यमा नारायण ज्ञवाली र शारदा विक रहनु भएको छ ।

सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिलाई छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल र उपाध्यक्ष तुलसादेवी श्रेष्ठले खादा तथा अबिर लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा समिति गठनका संयोजक झविन्द्र खनालले शपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा छत्रदेव गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम झविन्द्र खनालको अध्यक्षता र रवि अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । यसैबिच मालारानी गाउँपालिकामा हेमराज खनाल संयोजक रहेको समिति गठन भएको आधिकारिक ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष कृष्ण वर्माले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्