सन्धिखर्क १० को भलिवल समुहले उपविजेताको पुरस्कार वडा कार्यालयलाइ बुझायो

| २०७८ चैत १४ गते १५: ४० मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगिता २०७८ मा उपविजेता रहन सफल भएको सन्धिखर्क १० को भलिवल टिमले आफुले प्राप्त गरेको ट्रफी (पुरस्कार) आज वडा कार्यालयमा बुझाएको छ। 

हिंजो मात्र सम्पन्न भएको वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगितामा सन्धिखर्क ११ संग फाइनल खेलमा पराजित हुँदै सन्धिखर्क १० उपबिजेता रहेको थियो।द्वितीय पुरस्कार वडा कार्यालयमा बुझाउने कार्यक्रममा सम्पूर्ण खेलाडीहरु, वडा अध्यक्ष लक्ष्मीनारायाण चुंदाली ,वडा सदस्य भेष राज क्षेत्रि ,वडा सदस्य चम्कला भुसाल ,ऋषिकेश भुसाल, कृष्णा भुसाल, कमला आचार्य,इश्वरी मरासिनी ,बिष्णु भुसाल ,दिलबहादुर राना भाट बिनोद थापा लगायतका ब्याक्तिहरुको उपस्थिति रहेको थियो। 

द्वितीय पुरस्कार (ट्रफी)सन्धिखर्क १० का भलिवल कप्तान यूवराज थापा लगायतका खेलाडीले वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालिलाई हस्तान्तरण गरेका छन्। सन्धिखर्क १० को भलिवल टिम द्वितीय स्थान हासिल गर्न सफल भएको मा वडा अध्यक्ष लक्ष्मी नारायण चुँदालि,र वडा सदस्य भेषराज क्षेत्रीले खेलाडीहरु लाई उच्च हौसलाका साथ् बधाई तथा शुभकामना व्यक्त गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्