सन्धिखर्क ९ अर्घामा वडा मै सामाजिक सुरक्षा (बृद्व ) भत्ता वितरण: कृषकलाई त्रिपाल टनेल सहित नगद राशिले सम्मान (तस्विर सहित)

| २०७९ सावन २ गते १९: ११ मा प्रकाशित

रमेश थापा सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर -९ मा सामाजिक सुरक्षा (बृद्व ) भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ। 

सामाजिक सुरक्षा (बृद्व ) भत्ता वितरण कार्यक्रम

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष पदम भुसालको अध्यक्षता रहेको थियो भने प्रमुख अथिती नेपाल सरकार का पुर्ब उप- प्रधानमन्त्री टोपबहादुर रायमाझी रहेको थियो।

 पुर्ब उप- प्रधानमन्त्री टोपबहादुर रायमाझी

त्यस्तै विशिष्ट अथिती सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, विशिष्ट उपमेयर मिश्रा आचार्य ,अथिती हरु सरोज भुसाल, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई ,प्रभु बैंक का शाखा प्रमुख मदन अधिकारी .कर्जा प्रमुख सुरज पान्डे ,अ.ने.म.संध जिल्ला अध्यक्ष दिपा आचार्य , योगमाया रायमाझी ,वडा सदस्य हरु देबि खड्का ,सिमा परियार ,नारायण रायमाझी ,बिष्णु आचार्य ,समाज सेबि तुल्सिराम रायमाझी ,अर्घा रजस्थल मा बि का प्रधानध्यापक छबिलाल चुदाली,लगायतको रहेको थियो। 

सामाजिक सुरक्षा (बृद्व ) भत्ता वितरण कार्यक्रम

कार्यक्रम को उदघाट्न ब्यानर पढेर टोपबहादुर रायमाझी ले गर्नुभएको थियो। 

अर्घाखाँची जिल्ला भित्र रहेका ६१ वडा मध्येमा पहिलो पटक सामाजिक सुरक्षा (बृद्व ) भत्ता सन्धिखर्क ९ को वडा बाट नै वितरण भएको एमाले नेता टोपबहादुर रायमाझीले बताएका छन्।९ नम्बर वडा भित्रै भत्ता पाउँदा वडाबासी अत्यन्तै हर्षित भएका छ्न।

टोपबहादुर रायमाझी

उक्त बृद्व भत्ता वितरण कार्यक्रममा  स.न.पा ९ वडा बाट उत्कृष्ट १० जना कृषकहरुलाई प्रमाण पत्र र ५,००० (पाँच हजार  रुपैया ) प्रदान  गरिएको थियो।

कृषकहरुलाई प्रमाण पत्र र ५,००० पाँच हजार  रुपैया  प्रदान

साथै कृषि गर्न चाहाने कृषकहरुलाई ५० टनेल र थोपा सिँचाई साथै अति घर चुईएकाहरुई १२० वटा त्रिपाल एमाले नेता टोपबहादुर रायमाझी र नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख,मिश्रा आचार्य ,वडा अध्यक्ष पदम भुसाल , कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतका राजनीति दल हरु ,समाज सेबि भद्र ब्याक्तित्व हरुको उपस्थिति मा वितरण गरिएको थियो।

 कृषकहरुलाई ५० टनेल   १२० वटा त्रिपाल  वितरण

कार्यक्रम बलराम रायमाझीको संचालन मा सम्पन्न भएको थियो। 

बलराम रायमाझी
सामाजिक सुरक्षा (बृद्व ) भत्ता पाएपछि पैसा गन्दै बृद्व आमा 

प्रतिक्रिया दिनुहोस्