यातायातको सुबिधा बाट बन्चित सन्धिखर्क ७ को देउराली टोलमा पहिलो पटक मोटर बाटोको सुभारम्भ

स्थानीयहरु हर्षित

| २०८० बैशाख ६ गते २०: १० मा प्रकाशित

सुनिल क्षेत्रि ,अर्घाखाँची। सन्धिखर्क नगरपालिका वाड न ७ मा पर्ने देउराली टोल सदरमुकाम बाट २ किलो मिटरमा रहेको भएता पनि आज सम्म यातायातको सुबिधाबाट बन्चित रहेको थियोे ।

 बजार क्षेत्र नजिकै भएपनी बिरामीहुँदा र  बालबालिका हरु बिधालय जान  अत्यन्तै सागुरो र गोरेटो बाटो बाट हिंड्न  बाध्य थिए ।  दलित र जनजाती गरि झन्दै   १०/१२ घर मिलेर बस्ती बसेको टोलमा शिक्षा र प्रतिनिधित्वको कमि रोजगारी पनि नभएकाले आफ्नो जिविका चलाउको लागि बिदेश जानू पर्ने बाध्यताका कारण  धेरै  सरकार बाट मिलेका सेवा सुबिधा बाट बन्चित भएको स्थानीयहरुको भनाइ छ ।

मोटर बाटो को सुभारम्भ

बाटोकोलागि स.न.पा सात का युवा समाज सेवि  सुनिल के सि ले बिशेश पहल गर्नु भएको थियो।  पहललाई सुनेर नयाँ ट्राक खोल्न को लागि बजेटको ब्यवस्थापन  गरि सहयोग गरि दिनुहुने स्थानीय निकाय जनप्रतिनिधि , समाज सेवि ब्याक्ती हरुलाइ स्थानीय बासिन्दा हरु धन्यवाद  दिएका छन।

प्रतिक्रिया दिनुहोस्