सन्धिखर्क नगरपालिकाद्वारा नदिजन्य पदार्थ बिक्रि तथा निकासाको लागी आफ्नो क्षेत्रा अधिकार भित्र अनुगमन तथा निरीक्षण

| २०८० असोज २३ गते १३: ३१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन २३ -सन्धिखर्क नगरपालिकाले आफ्नो क्षेत्र अधिकार भित्र रहेका नदि जन्य खोलाहरुमा उत्खननको लागी  अनुगमन तथा निरीक्षण गरेको हो नगरपालिकाको बाँगी खोला ,जरेखोला तथा मथुराखोलाहरुमा अनुगमन तथा निरीक्षण गरिएको छ ।

अनुगमन तथा निरीक्षण 

सोमबार जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलिमा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,डिभिजन बन कार्यालयका प्रमुख ईश्वरि प्रसाद पौडेल ,घरेलु तथा साना उधोग बिकास कार्यालयका प्रमुख सन्तोष खनाल , भु संरक्षण कार्यालयका प्रमुख शम्भु शंकर झा सन्धिखर्क नगरपालिका वडा न.२ का वडा अध्यक्ष मोति जङ्ग रायमाझी वडा न.५ का वडा अध्यक्ष ऋषब अधिकारी , छत्रदेब गाउँपालिका वडा न. ६ का वडा  अध्यक्ष कमल पौडेल ,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र रावल ,सन्धिखर्क नगरपालिकाका अधिकृत तथा राजस्व शाखा प्रमुख मुक्तिराम खनाल , कम्पुटर अधिकृत दिल कुमार केसि,सब इन्जिनियर सुमित गौतम , नापी कार्यालयका अमिन अम्लेस महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल  लगाएतको उपस्थित रहेको थियो ।

बाँगी खोला ,जरेखोला तथा मथुराखोलाहरुमा अनुगमन तथा निरीक्षण

उक्त नदिजन्य खोलाहरुमा ६०५४ घ.मि नदिजन्य पदार्थ रहेको  प्राबिधिक टोलिले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्