भूमिकास्थान नगरपालिका

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य नेपालीलाइ मातृ शोक

२०७८ कार्तिक ७

माधव खनाल। -  राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य तथा राजिमे टोल समितिका अध्यक्ष दिपक नेपाली लाई मात्रीशोक परेको छ ।बिगत केही समय देखि क्यान्सर रोगबाट ग्रसित नेपालिका आमा मिनि नेपाली सार्किको आइतबार बिहान ६५ वर्षको उमेरमा मृत्यु भएको हो ।स्वर्गीय नेपालीको आजै स्थानीय घाटमा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सदस्य भोजराज खनालले नेपालीको पार्थिक शरीरमा  पार्टीको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।