जिल्ला बुलेटिन

अर्घाखाँचीमा हराउँदै मौलिक तिहार

२०७८ कार्तिक १८

अर्घाखाँची ।विदेशी फेसनको असर जिल्लामा विस्तारै देखिन थालेको छ । फेसनको तडक भडकले तिहारको मौलिकता हराउदै गएको हो ।अर्घाखाँचीको मालारानी गाउँपालीका-५ बाँगीका मान ब. कुँवर लाई अहिले पनि भैलेनीको खुब याद आउँछ । १४,१५ वर्षको उमेरमा भैली खेल्दा साथीहरु खेल्न जान्थे जम्मा भएको चामल रोटी बोराभरि बोकेर सातगाउँ डुलेको सदैव रमाइलो गर्ने ६२ वर्षीय कुँवरलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ मन लाग्छ । महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्थ्यो ।