पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिकाको आयोजनामा अपाङ्गगता परिचय पत्र वितरण कार्यक्रम पौष २३ गते सम्पन्न

२०८० पौष २४

 कमला घिमिरे ,पाणिनी। अपाङ्गता परिचय पत्र वितरणबाट गाउँपालिका भित्रका ६१ जना सेवाग्राही लाभान्वित भएका छन । महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको अपाङ्गता परिचय पत्र वितरण गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले अपाङ्गगता परिचय पत्र दिएर सुरुवात गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गगता परिचय पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष नर्मदा पौडेल गौतमले समाजमा अपाङ्गगता भएकाहरुलाई राज्यबाट पाउने सुबिधाबाट बञ्चित हुन नदिनका लागि समय समयमा नै अपाङ्गता परिचय पत्र वितरणको आयोजना गरिएको बताएकि छन् ।