सन्धिखर्क नगरपालिकाद्वाराआर्थिक बर्ष २०७८/७९ काे याेजना सम्पन्न गरि रकम भुक्तानी गर्न शुरु

| २०७८ असोज २२ गते २०: ३३ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ काे याेजना सम्पन्न गरि रकम भुक्तानी गर्न शुरु गरेको छ । 

सन्धिखर्क नगरपालिका वडा नम्बर १० काे ढाकाचिन भगवती मन्दिरमा रेलिंग निर्माणको याेजना सम्पन्न भएपछि उपभोक्ता समितिका  अध्यक्ष कृष्ण आचार्यलाई नगरपालिकाका नगर  प्रमुख कमल प्रसाद भुसालले  हस्तान्तरण गर्नु भएको हाे । 

चालू आर्थिक बर्षमा याेजना संझाैता भै कामहरू द्रुत गतिमा अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , शाखा अधिकृत मञ्जु खनाल , वडा अध्यक्ष युवराज वन्जाडे, लिलाराम गाैतम, कृष्णप्रसाद श्रेष्ठ ,लक्ष्मीनारायण चुँदाली, धुर्बराज आचार्य,  राेजगार संयाेजक हिरामणी पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्