सन्धिखर्क ८ को वडा अध्यक्षमा युवा नेता कृष्ण भुसाल चयन

| २०७९ बैशाख ९ गते ०६: ०९ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ बाट युवा नेता कृष्ण भुसाल माओवादी केन्द्रबाट सर्वसहमतमा वडा अधक्ष्य पदमा चयन भएका छन्। 

अर्घाखाँची जिल्लामा युवा हरुका ढुकढुकी एक उदाहरणीय युवा नेता बनि सकेका भुसाललाई बैशाख ३० गते हुने स्थानीय चुनावमा माओवादी केन्द्रले सन्धिखर्क ८ को वडा अध्यक्ष पदमा सर्वसहमतमा चयन गरेको हो। 

युवा नेता  एवं  युवा व्यवसायी ,समाजसेवीको रुपमा अर्घाखाँची जिल्लामा चिरपरिचित रुपमा चिनीएका भुसालले जिल्ला भित्रका हरेक क्षेत्रमा आर्थिक ,भौतिक सहयोग गर्दै उल्लेखनीय कार्य गरिसकेका छन्। कोभिड - १९ को महामारीको समयमा भुसालले जिल्ला भित्र रहेका बिभिन्न बिपन्न परिवारहरुलाई आर्थिक र खाधान्न सहयोग गरेर ठुलो योगदान पुर्याएका थिए। 

सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को आँपखोला सिमलपाटामा जन्मेका भुसाल २०७९ को स्थानीय चुनाबमा आफुले वडा अध्यक्ष जित हाँसिल गरेमा वडा लाई देशमै एक नमुना वडा बनाउँने र वडा भित्र रहेका सम्पूर्ण वडा वासीका समस्या हरुलाई  दिन रात खटेर भएनी सहजै समाधान गर्ने र वडालाई एक बिकासको मार्ग तिर लैजाने उनको भनाई रहेको छ। 

साथै समृद्व वडा ,देशकै नमुना वडा बनाउँने भिजन बोकेका युवा नेता तथा समाजसेवी भुसालले सम्पूर्ण वडावासीहरुलाई वडा अध्यक्षमा विजय गराउँन अनुरोध गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्