प्रतिस्पर्धा बिना पदमा आउछु भन्ने दिवासपना नदेखे हुन्छ - नगर प्रमुख

| २०७९ जेठ २८ गते ०७: ४० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची उद्याेग वाणिज्य संघ सन्धिखर्क नगपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दलहरु प्रतिस्पर्धा गर्न डराएर भागेको आरोप लगाएका छ्न । अर्घाखाँची उद्याेग वाणिज्य संघकाे जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै श्रेष्ठले प्रतिस्पर्धा बिना दलकाे टिकाे लाउने प्रथा सकिएको बताए

। कुनै पनि पदमा प्रतिस्पर्धा बिना आउछु भन्ने दिवासपना नदेख्न आग्रह गरेका हुन । नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले भने " अर्घाखाँची उद्याेग वाणिज्य संघ लाई रमिते बनाउन हुदैन थियो । प्रतिस्पर्धा गर्नु पर्छ काम गर्ने मान्छे अगाडि आउनुपर्छ । प्रतिस्पर्धा गर्न सिक्नु पर्ने थियो । अब टिकाकाे युग सकियाे ।" सन्धिखर्क नगरपालिका लाई उज्यालो हराभरा फ़ोहोर व्यवस्थापन खानेपानीका समस्यामा केहि कमि आउन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छ्न । जनमोर्चा बाहेक काँग्रेस माओवादी एकीकृत समाजबादि समर्थक व्यवसायीहरुले बहिष्कारको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्