धरम्पानी बाँसडाँडाका हेतुकान्त आचार्य (उर्फ) बाङ्गे आचार्य ९३ बर्षको उमेरमा झुन्डिएको अवस्थामा मृत फेला

| २०७९ असार २ गते १३: १५ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० धरम्पानी को बाँसडाँडा निवासी हेतुकान्त आचार्य (उर्फ) बाङ्गे आचार्य ९३ बर्षको उमेरमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। 

हिंजो दिउँसो १२ बजे घर देखि बेपत्ता रहेका  हेतुकान्त आचार्यलाई घर परिवार र स्थानीयहरु ले खोजतलास गर्दा आज बिहान करिब ९ बजेको समयमा घर मुनिको तल्लो धारखोलामा रहेको बाँसको रुखमा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन्। 

मृतक आचार्यको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाईएको खबर आएको छ। यद्वपि उनले ९३ बर्षको उमेरमा किन झुण्डिएर आत्महत्या गरे भन्ने बिषयमा बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्