श्री त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले महिला सशक्तिकरण तथा तिज बिशेष कार्यक्रमको आयोजना गर्ने

| २०७९ सावन २४ गते १९: २६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। श्री त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले महिला सशक्तिकरण तथा तिज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। 

महिला दिदीबहिनी हरुको महान पर्व हरितालिका तिज २०७९ को पावन अवसर पारि श्री त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले शिक्षा,तालिम र सुचना सिद्वान्तलाई आत्मसाथ गर्दै महिला सशक्तिकरण तथा तिज बिशेष कार्यक्रम अन्तर्गत आन्तरिक तिज गित तथा नृत्य प्रतियोगिताको समेत आयोजाना गरिने संस्थाले जनाएको छ। साथै संस्थामा आबद्व शेयर सदस्यहरुलाई प्रतिगीतामा सहभागिता हुन् संस्थाले हार्दिक अनुरोध समेत गरेको छ। 

कार्यक्रम यही आउँदो मिति २०७९ भाद्र ४ गते शनिवारको दिन ठिक बिहान ११ बजे देखि सन्धिखर्क मा रहेको संगम फुड ल्याण्डमा हुने आयोजक टिमले जनाएको छ। 

प्रतियोगिता का नियमहरु 

- प्रतोयोगितामा सहकारी सम्बन्धि तिज गित गाउनु पर्ने छ। 

- प्रतियोगी समुह त्रीवेणी सहकारी भित्रको शेयर सदस्यहरु बाट अधिकतम १५ जनासम्मको समुहको हुन् पाईने छ। 

- प्रतियोगी टिममा महिला शेयर सदस्य तथा पुरुष शेयर सदस्यका परिवारका महिलालाई पनि समावेश गराउँन पाईनेछ। 

- टिम दर्ता २०७९ भाद्र ३ गते सम्म कार्यालयमा गराउँनु पर्ने छ। 

- दर्ता शुल्क लीईने छैन। 

-पुरस्कार तथा सम्मान संचालक समितिले निर्धारण गरि कार्यक्रम स्थलमा जानकारी गराउँने छ। 

- बाध्यवादन कार्यालयबाट हुनेछ। 

महिला सशक्तिकरण तथा तिज बिशेष कार्यक्रम

प्रतिक्रिया दिनुहोस्