सन्धिखर्कमा बनसँग सेलिब्रेटी कार्यक्रम

| २०७९ चैत २८ गते १५: २० मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। डिभिजन बन कार्यालय अर्घाखाँची तथा बागेश्वरी असल शासन क्लब (बास) अर्घाखाँचीको आयोजनामा  बनसग सेलिब्रेटी कार्यक्रम अर्घाखाँची स्थित समन्वयको सभाहलमा शुरु भएको छ  कसरी बनलाइ संरक्षण गर्न सकिन्छ भन्ने मुल उदेश्यका साथ शुरु कार्यक्रममा ख्यातिप्राप्त कलाकार हरुले बनसग सन्देश मुलक  सास्कृतिक मनोरञ्जनात्मक गितसंगित मार्फत बनजङ्गल संरक्षणका प्रस्तुति प्रस्तुत गर्ने छ्न।
 
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य , प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल , जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शरोज भुसाल ,अनुसन्धान अधिकृत खिमानन्द पोख्रेल ,निमित्त डिभिजन बनकार्यालयका प्रमुख मदन ढुङ्गाना , बन अधिकृत मोति पौडेल , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य , पत्रकारहरु अनिल नेपाल , श्याम घिमिरे , सागर परियार , समाजसेवी सहयोगी बिसि सामुदायिक बनका पदाधिकारी तथा सदस्य लगायत  स्थानीय कलाकारहरुको उपस्थित रहेको थियो।

कार्यक्रम क्लबका अध्यक्ष फर्शुराम पान्डेको अध्यक्षता निमित्त डिभिजन बनकार्यालयका प्रमुख मदन ढुङानाको  स्वागत तथा क्लब प्रतिनिधि मन भन्डारीको संचालनमा शुरु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्