भूमिकास्थान नगरपालिका

अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृ'त्यु

२०७८ मंसिर १३

गुरुदेव खनाल ,भुमिकास्थान। अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।