जिल्ला बुलेटिन

भवन नहुँदा अहिलेसम्म भाडाको घरमा बस्दै आएको ट्राफिक प्रहरी अर्घाखाँचीका लागी आफ्नै नयाँ भवन निर्माण हुँदै

२०७८ कार्तिक ९

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा ट्राफिक प्रहरीको भवन निर्माण हुने भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीका वडानं. १ मा रहेको जिल्ला प्रहरी कार्यालयको तलपट्टिको खाली जग्गामा जिल्ला ट्राफिक प्रहरीको आवाशिय सहितको भवन निर्माण हुने भएको हो । भवन निर्माण कार्यलाई तदारुकताका साथ अगाडी बढाउन नारायण प्रसाद बन्जाडेको अध्यक्षतामा निर्माण समितिको गठन गरीएको छ ।